दफा
समितिको बैठक र निर्णय

(१) समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा समितिको बैठक बस्नेछ ।

(२) समितिको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा समितिका सदस्यहरूले आफूहरूमध्येबाट छानेको सदस्यले समितिको बैठकको अध्यक्षता गर्नेछ ।

(३) समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।

(४) समितिको बैठकमा उपस्थित समितिका सदस्यहरू, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण छुट्टै किताबमा लेखी राख्नु पर्नेछ ।

(५) समितिको बैठकको निर्णय सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।

(६) समितिले आवश्यकतानुसार ....... विशेषज्ञ वा सल्लाहकारलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

(७) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।